एमाले महाधिवेशन : मतगणनाका लागि निर्वाचन समितिको बैठक बस्दै



काठमाडौँ, पुस ३ । नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै मतगणनाका लागि निर्वाचन समितिको बैठक बस्दैछ ।

त्यसअघि विद्युतीय भोटिङ मेसिनबाट चिप निकालिँदै छ । चिप निकाल्ने काम सकिएपछि निर्वाचन समितिको बैठक बस्नेछ । बैठक पश्चात् मतगणना सुरु हुने बताइएको छ ।

बिहीबार बिहान २ हजार २ सय २७ जना प्रतिनिधिहरुले नेतृत्वका लागि मतदान गरेका छन् ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्