कपिल र सिद्धुमाथि लाग्यो गम्भीर आरोप


 


काठमाडौं, चैत्र ३०
सुनिल ग्रोवरले छोडेपछि यतिखेर कपिल शर्मा आफ्नो शो बचाउने कोशिसमा लागी परेका छन् । यसको लागी उनी अश्लिल जोक तथा दोहोरोे अर्थ लाग्ने शब्दको सहारा लिइरहेका छन् । जसमा नवजोत सिद्धुले पनि उनलाई सहायता दिइरहेका छन् ।

पछिल्लो समय नायिका परिणीति चोपडा र आयुष्मान खुराना आफ्नो आउँदै गरेको फिल्म मेरी प्यारी विन्दु प्रमोसनका लागी पुगेका थिए । सोहि समयमा कपिल र सिद्धुले दोहोरो अर्थ लाग्ने जोक प्रयोग गरेको मुद्धालाई अहिले भारतीय मिडियाले उचालिरहेका छन्।
अप्रिल ८ मा प्रसारित एक एपिसोडमा कपिल र सिद्धुले दोहोरो अर्थ लाग्ने गरि दर्शकको सामु बातचित गरेका थिए । सोहि क्रममा सिद्धुले कपिललाई भनेका थिए,’पाजी अव विहे गर्नुस् ४० वर्ष नाघेपछि व्याट्री सिद्धिन्छ । कपिलले यसको जवाफ दिदै भने, हामीसंग व्याट्रि सिस्टम छैन, हामी जेनेरेटरमा छौ ।’

यसैविच कार्यक्रममा उपस्थित परिणीति चोपडासंग जिस्किदै कपिलले एउटा जोक सुनाए । सोही क्रममा सिद्धुले पनि अपशव्द र अश्लिल शव्द प्रयोग गरेर एउटा जोकको अंश सुनाउदै भने, ‘हाम्रो यहाँ एउटा एमपि हुनुहुन्छ । अहिले उनको नाम नलिउ, उहाँ धेरै मोटे हुनुहुन्थ्यो । एकदिन प्यान्ट लगाएर ट्वाइलेट गए र फर्किए । त्यसपछि मैले भने, पाजी तपाईको पोस्टअफिस खुला छ । अनि ति काकाले भने जहाँ बन्द ठाउमा राखिएको सम्पतिलाई गरेर लुटिन्छ, त्यहा ताल्चा लगाइदैन ।’

यस जोकको हिस्सालाई दर्शक र मिडियाहरुले अश्लिल भन्दै आलोचना गरेको छ । गत हप्ता यहि विषयलाई लिएर पन्जाबको उच्च अदालतमा सिद्धुविरुद्ध मुद्धा समेत दर्ता गरिएको छ ।

तर वास्तविकता यो छ कि, कपिल शर्मा शोमा पहिले पनि यस्ता जोस्क भनिदै आएको थियो तर जब कपिल र सुनिलको विवाद चर्कियो कपिलको शोको प्रतिष्ठा अझै घटाउन उनलाई चारतिरबाट घेर्न थालियो। फलतस् पहिले कहिल्यै मुद्दा नबनेका यस्ता विषय उचालेर भारतीय मिडियाले कपिल सहित अहिले सिद्धुको बदनाम गर्दैछन्।

प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्