शीतल निवासमा उच्चस्तरीय भेट, राष्ट्रपति र प्रधानमन्त्रीसहित शीर्ष नेताहरु
काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा उच्चस्तरीय भेटघाट सुरु भएको छ । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष नेताहरुको पहिलो भेट भएको छ ।
निर्वाचन सम्बन्धमा छलफल गर्न तीन दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । जेनजी आन्दोलनपछि राष्ट्रपति र प्रधानमन्त्रीसँग शीर्ष नेताहरुको पहिलो भेट हो ।
निर्वाचनको मिति नजिकिँदै जाँदा त्यसका लागि राजनीतिक दलहरु सकारात्मक नबन्दा प्रधानमन्त्री कार्की दलका शीर्ष नेताहरुसँग समेत छलफलमा सरिक भएकी हुन् ।
यसअघि नै प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मले दलका दोस्रो तहका नेताहरुसँग छलफल गरिसकेका छन् । जेनजी आन्दोलनपछि देखिएको राजनीतिक रिक्तताकाबिच भएको भेटलाई सकारात्मक रुपमा हेरिएको छ ।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार












