रास्वपाको बन्दसत्रमा प्रधानमन्त्री शाह सहभागी
चितवन, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशनको बन्दसत्रमा सहभागी भएका छन् ।
बन्दसत्रमा पार्टी सभापति रवि लामिछाने ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
त्यसअघि अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
यसैगरी, पार्टी उपसभापति स्वर्णिम वाग्ले ले अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् भने सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












