किन शाहरुखसंगको फिल्म दिपिकाले छोडिदिइन ?


 


काठमाण्डौ, चैत्र ३१
दिपिका पादुकोणले शाहरुख खानसंग तय भएको निर्देशक आनन्द एल रायको फिल्म साइन गरेकी थिइन। फिल्ममा शाहरुख एक बामपुड्केको भुमिकामा अभिनय गर्नेवाला थिए। दिपिको कस्तो भूमिका रहको छ सार्वजनिक हुनुअघि नै फिल्म छोडेको खबर आएका छन्।

दिपिकाले आनन्द एल रायको फिल्म छोड्नुको पछाडी उनको व्यस्तता नै कारण बनेको हो। जयपुरमा भन्सालीसंग सुटिङ सेटमा कुटपिट पश्चात ‘पद्यावती’को सुटिङ मिति सारिएको थियो। त्यसैले भन्साली र आनन्दको फिल्मको मिति आपसमा जुध्द्ने देखिन्छ। त्यसैले दिपिकाले आनन्दको फिल्म छोडेकी हुन।

प्रकाशित मिति: ३१ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्