अमिताभसंग सोनाक्षीको यस्तो सपना


 


काठमाडौं, वैशाख १

बलिउड फिल्म ‘दबंग’बाट आफ्नो अभिनय सुरु गरेकी सोनाक्षी सिन्हा आगामी फिल्म ‘नुर’मा पत्रकारको भूमिकामा देखा पर्ने भएकी छिन् । सोनाक्षी वास्तविक जीवनमा पनि पत्रकारको भूमिकामा रहेर अमिताभ बच्चनको बारेमा धेरै कुरा जान्न चाहन्छिन् ।

बीबीसीसंग कुरा गर्दै उनले भनिन्, ‘अमिताभ बच्चनको जिन्दगी एकदमै रोचक छ । त्यसैले एक पत्रकारको भूमिकामा रहेर उनको जिन्दगीको बारेमा धेरै कुरा जान्न चाहन्छु ।’ फिल्म नुरमा सोनाक्षीलाई अमिताभ बच्चनको नभई सन्नी लियोनको अन्तर्वार्ता लिने मौका मिलेको छ ।

प्रकाशित मिति: १ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्