‘लभ लभ लभ’ले हल नपाएको निर्देशकको गुनासो


 


काठमाडौं, वैशाख ४

बैशाख १ मै रिलिज भएको सिनेमा ‘लभ लभ लभ’ ले भने उपत्यका बाहिर रिलिज हुन नपाएर खासै राम्रो व्यापार गर्न सकेको छैन । तर सिनेमालाई जतिले हेरेका छन् सबैले राम्रो भएको प्रतिक्रिया भने दिएका छन् । काठमाण्डौमा जम्मा २१ वटा मल्टीप्लेक्शमा रिलिज भएको यस सिनेमाले दुई दिनमा ३२ लाख मात्र ग्रस कलेक्शन गरेको जानकारी छ ।

उपत्यका बाहिर जम्मा दुईवटा हलमा सिनेमाले रिलिज हुने मौका पाएको थियो । वितरकहरु बीच भएको खिचातानीले नै सिनेमा उपत्यका बाहिर रिलिज हुन समस्या भएको निर्देशकको भनाई छ ।७० लाख भन्दा धेरै लगानी रहेको सिनेमालाई उपत्यका बाहिर दोस्रो सातामा रिलिज गर्ने सोच निर्माता तथा निर्देशकको छ ।

त्यस्तै यो सिनेमा बैशाख ३१ मा अस्ट्रेलियामा पनि रिलिज हुँदैछ । सिनेमाले नेपालमा नभए पनि विदेशमा प्रदर्शन गरेरै लगानी उठाउने भने पक्का छ । सिनेमामा सुरज पाण्डे र स्वस्तीमा खड्का मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्