बलिउड अभिनेता सञ्जय दत्तले प्रचण्डलाई भेटे
काठमाडौँ, पुस २५ । बलिउड अभिनेता सञ्जय दत्त र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबिच भेटघाट भएको छ ।
बिहीबार साँझ नेपाल आइपुगेका अभिनेता दत्तले प्रचण्डलाई भेट्न उनकै निवास हात्तीवन पुगेर भेटघाट गरेका हुन् । यी दुईबिच के विषयमा कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन ।
दत्त केशरमहलस्थित होटल बाराहीमा रहेको बादशाह क्यासिनो उद्घाटन गर्न आएका हुन् ।
प्रचण्डकी नातिनी स्मिता दाहालमार्फत दुई जनाको भेट भएको प्रचण्डको सचिवालयले जनाएको छन् ।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार












