धरानमा खुकुरी प्रहारबाट एक पुरुषको मृत्यु



धरान । धरान उपमहानगरपालिका–११ स्थित पुण्यमार्गमा खुकुरी प्रहारबाट एक पुरुषको मृत्यु भएको छ ।

खुकुरी प्रहारबाट धरान–११ का ३५ वर्षीय रूपक राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार साँझ राई आफ्नै घरभित्र खुकुरी प्रहार गरी मृत अवस्थामा फेला परेका थिए । घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा मृतकका मामाको छोरा ३३ वर्षीय रविन राईलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्