Deshko News
१५ मंसिर २०८०, शुक्रबार

कुश्मामा वैशाख १२ गते भूकम्पमा आधारित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शनी हुने


 


पर्वत, वैशाख ९

विनाशकारी भूकम्प गएको दुई वर्षको समरणमा वैशाख १२ गते (मंगलबार) कुश्मामा भूकम्पमा आधारित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शनी हुने भएको छ ।

रोटररी क्लब अफ पर्वतको आयोजनामा एम्बुलेन्स खरिद सहयोगार्थ उक्त डकुमेन्ट्री प्रदर्शन गर्न लागिएको रोटरी क्लब अफ पर्वतका अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।

पत्रकार गणेश पाण्डेद्वारा निर्देशित सो डकुमेन्ट्रीमा भूकम्पमा परेर पनि ज्यान जोगाउन सफल केही व्यक्तिहरुको बारेमा चर्चा गरिएको अध्यक्ष पौडेलले जानकारी दिए।

दर्जनौं अवार्डहरु प्राप्त गर्न सफल डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय स्तरमा समेच चर्चा कमाएको छ।

प्रकाशित मिति: ९ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्