राता मकैले यसरी मनाए जन्मदिन


 


काठमाडौं, असार १६

हास्यअभिनेता किरण केसी (राता मकै)ले मंगलबार ५६औँ जन्मदिन मनाएका छन् । विगत केही वर्षयता आफ्नो जन्मदिन (असार १५)को अवसरमा हास्यकलाकारिताको क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गर्दै आएका उनले यसपाली कार्टुनिस्ट वात्सायन (दुर्गा बराल) र हास्यकलाकार आनन्द थापालाई सम्मान गरे ।

हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य र शिक्षा क्षेत्रमा हास्यव्यंग्य नामक अन्तक्र्रियासमेत गरिएको थियो । हास्यकलाकर्मीको बाहुल्य रहेको कार्यक्रम अतिथिले हाँस्दै उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: १६ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्