दीपिका र ईरफान फेरि सँगै



काठमाण्डौ,वैशाख १०

‘पीकु’पछि दीपिका पादुकोण र ईरफान खानले फेरि पर्दा बाँड्ने भएका छन् । जानकारी अनुसार विशाल भारद्वाजको आगामी सिनेमामा दीपिकाले राहिमा खान उर्फ सपना दिदीको भूमिका निभाउने छिन् भने ईरफान खान लोकल ग्याङस्टारको भूमिकामा हुनेछन् ।

दीपिका र ईरफानले पहिलो पटक विशालसँग काम गर्दैछन् । यस सिनेमालाई हनी त्रेहानले निर्देशन गर्नेछन् भने सिनेमाको कथा विशालले नै लेखेका हुन् । सिनेमाको छायांकन यहि वर्षको अन्त्यदेखि शुरु हुने जानकारी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News