साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक



काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले माल्दिभ्समा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । 

आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा आयोजक माल्दिभ्ससँगै भुटान र श्रीलङ्का छन् । यसैगरी प्रतियोगिताको समूह ‘बी’ मा साबिक विजेता भारत, बङ्गलादेश र पाकिस्तान छन् । 

नेपालले आफ्नो उद्घाटन खेलमा भुटानको सामना गर्नेछ । यसैगरी नेपालले दोस्रो खेल मार्च २५ तारिखमा श्रीलङ्कासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल २७ मार्चमा माल्दिभ्ससँग हुनेछ । 

सिङ्गल राउन्ड रोविन लिगपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । उक्त च्यापियनसिपको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पहिलो चरणमा ८० खेलाडी छनोट गरेको छ । 

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्