काठमाडौं उपत्यका खानेपानी लिमिटेड एनसिएचएलमा आबद्ध



काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नेपाल क्लियरिङ्ग हाउससँग भुक्तानी सम्बन्धी कारोबारहरुलाई अटोमेट गर्न सम्झौता गरेर एनसिएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी (संकलन तथा वितरण) शुरु गरेको छ ।

सम्झौता पत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका तर्फबाट संस्थाका कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पश्चात् काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न शुरु गरेको हो ।
यस अन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले एनसिएचएल आइपिएस र आरपिएस प्रणालीहरु मार्फत तलब भुक्तानी, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु गर्नसक्नेछन ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्