सुनको मूल्य निरन्तर उकालो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तीन लाख ५ हजार पाँच सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा तीन लाख चार हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।
आज चाँदी १० रुपैयाँले घटेर तोलामा पाँच हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी तोलामा पाँच हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार
















