सिटिजन्स बैंक इन्टरनेसनल र एनसीएचएलबीच नेपालपे कार्ड इनेबल गर्न सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एनसीएचएलबीच इएफटी कार्ड स्वीच तथा सर्भिसेस् मार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ ।

एक औपचारिक कार्यक्रममा सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदानप्रदान भएको हो ।

यससगै सिटिजन्स बैंक नेपालपे कार्डको अक्वाइरिंग तथा इस्यूइंगका लागि इएफटी कार्ड स्वीचमा औपचारिक रुपमा आवद्ध हुने पहिलो इएफटी सदस्य बैंक बनेको छ ।

एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (ल्एक्(ल्ऋक्) संग इन्टिग्रेट भइसकेको र उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालपे कार्ड जारी गर्न तथा उक्त कार्ड अक्वायर गर्न सक्नेछ ।

पहिलो चरणमा बैंकले आफ्नो १६८ वटा एटीएम र ४९१ वटा पीओएस टर्मिनलमार्फत नेपालपे कार्डको अक्वायरिंग शुरु गर्नेछ भने क्रमिक रुपमा उक्त कार्ड आफ्नो ग्राहकहरुलाई जारी समेत गर्नेछ ।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायीक रोलआउट शुरु गरिसकेको छ भने अन्तराष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ ।

नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै अन्तर्राष्ट्रिय डिस्कोभर कार्डहरु पनि नेपालमाप्रयोग गर्न सकिने भएको छ ।

एनसीएचएलको इएफटी सर्भिसेस्मार्पmतहाल १० वटा सदस्य बैंक वित्तीय संस्थाहरुले विभिन्नअन्तर्राष्ट्रिय कार्ड स्कीमहरु प्रोसेस गर्दै आइरहेका छन् । हालै इएफटी र नेशनल पेमेन्ट स्वीचबीचको इन्टिग्रेसनसंगै अब नेपालपे कार्ड पनिप्रोसेस गर्न सक्नेभएको हो ।

इएफटीका अन्यसदस्य बैंक तथावित्तीय संस्थाहरुले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन् । हालसम्म नेपालपेमा ३४ भन्दाबढि बैंक वित्तीय संस्थाहरु आवद्ध भईरोलआउटको विभिन्न चरणमा छन् ।

नेपालका अग्रणी बैंकहरु मध्येको सिटिजन्स बैंक इन्टरनेसनलले हाल १८ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समयदेखि बैंक डिजिटलाइजेसनतर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ ।

देशभर बैंकका १९७ वटा शाखा, ३ विस्तारित काउन्टर, ७४ शाखारहित बैंकिङ्ग सेवा तथा १६२ एटीएम टर्मिनल सञ्चालनमा रहेका छन् । बैंकका हालसम्म ४ लाखभन्दा बढी कार्डहोल्डर ग्राहकहरु छन् ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्