‘एन आई सी एशिया साथी घर कर्जा’ ६.९९ प्रतिशत ब्याजदरमा १० करोडसम्म ऋण पाइने
काठमाडौँ २ फागुन । एन आई सी एशिया बैंकले १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यले ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको यस योजना अन्तर्गत ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुनेछ ।
न्यूनतम २५ लाख रुपैयादेखि अधिकतम १० करोड रुपैयासम्म प्रदान गरिने र यसबाट घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनःनिर्माण गर्न एवं घडेरी खरीद गर्न सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने बैङ्कले जनाएको छ । यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ । यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहक महानुभावहरुले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार
















