रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु



रौतहट, फागुन ३ । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

आज बिहान करिब ५ः३० बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल झाझपुल नजिकै अनियन्त्रित भई दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र पछाडि सवार उनकी श्रीमती २२ वर्षीया पुनम देवी साह गम्भीर घाइते भएका थिए ।

दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल गौरमा उपचारका लागि लगिएकोमा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्