कैलालीमा अनुहार जलेको अवस्थामा जंगलमा युवतीको शव भेटियो



धनगढी । कैलालीको मोहन्याल गाउँपालिका– १ को तल्लोपानीमा जंगलभित्र अनुहार जलेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

नवप्रगतशिल सामुदायिक जंगलमा शनिबार दिउँसो अन्दाजी २७ वर्षीया युवतीको शव भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले जानकारी दिए ।

उनकाअनुसार युवतीको अनुहार जलाएको अवस्थामा शव भेटिएकोले पहिचान गर्न समस्या भइरहेको छ ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थी नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित खटिएको छ । अनुसन्धानका लागि विशेष टोली पनि परिचालन गरिएको एसपी चन्दले बताए ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्