कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौं, फागुन ४ । जल तथा मौसम विभागका हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । अहिले गण्डकी प्रदेशमा सामान्यतया बादल लागेको छ भने देशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

पछिल्लो चौबीस घण्टामा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्का वर्षा तथा हिमपात भएको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी आज राति तराई भूभागका थोरै ठाउँमा तुँवालो लाग्ने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही अन्य ठाउँमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्