सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा नौ सय रुपैयाँले घटेर तीन लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलामा ४ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी तोलामा ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार
















