यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौँ, फागुन ७ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

बुधबार यसको भाउ एकको खरिददर १४४ रूपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रूपैयाँ ३८ पैसा थियो। मंगलबार एकको खरिददर १४४ रूपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ३५ पैसा थियो।

युरोपियन युरो एकको खरिददर १७१ रूपैयाँ ३० पैसा र बिक्रीदर १७२ रूपैयाँ १ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रूपैयाँ ४० पैसा र बिक्रीदर १०२ रूपैयाँ ८२ पैसा तोकिएको छ ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रूपैयाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ४५ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर १०६ रूपैयाँ ५ पैसा र बिक्रीदर १०६ रूपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रूपैयाँ १५ पैसा र बिक्रीदर ११४ रूपैयाँ ९९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४२ पैसा र बिक्रीदर नौ रूपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ९६ पैसा र बिक्रीदर २१ रूपैयाँ ४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ६० पैसा र बिक्रीदर ३८ रूपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ६२ पैसा र बिक्रीदर चार रूपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रूपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रूपैयाँ १२ पैसा र बिक्रीदर ३७ रूपैयाँ २८ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर दश रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ११ पैसा र बिक्रीदर १६ रूपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ९३ पैसा र बिक्रीदर २३ रूपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५३ पैसा र बिक्रीदर १८ रूपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रूपैयाँ २२ पैसा र बिक्रीदर ४७६ रूपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रूपैयाँ ५ पैसा र बिक्रीदर ३८५ रूपैयाँ ६४ पैसा रहेको छ ।

ओमनी रियाल एकको खरिददर ३७६ रूपैयाँ ८ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ६३ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्