२०२८ मा हुने टी-२० विश्वकपका लागि १२ राष्ट्र छनोट
काठमाडौँ ६ फागुन सन् २०२८ मा अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि १२ राष्ट्र छनोट भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सहभागी रहने टोलीको टुङ्गो लगाएको हो ।
अस्ट्रेलिया र न्युजिल्याण्ड आयोजकका भएकाले छनोट भएका छन् । भारत र श्रीलङ्कामा भइरहेको ट्वान्टी २० विश्वकपको सुपर आठमा स्थान बनाएका सात टोलीमा भारत, श्रीलङ्का, दक्षिण अफ्रिका, जिम्बाब्वे, पाकिस्तान, इङ्ल्याण्ड, वेस्ट इण्डिज) छनोट भए ।
त्यसपछि ट्वान्टी-२० आई को पछिल्लो वरियता अनुसार सुपर आठ र आयोजकका रुपमा छनोट नभएका तीन (अफगानिस्तान, बङ्गलादेश र आयरल्याण्ड) राष्ट्र छनोट भए । यस संस्करणको जस्तै क्षेत्रीय छनोट प्रतियोगिताका आधारमा अन्य आठ राष्ट्रको छनोट गरिने छ ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार
















