भोजपुरकी रजनीलाई भोट दिऔं, मिस राई जिताऔं (यसरी दिनुहोस भोट)



काठमाडौं, वैशाख १५
मिस राई प्रतियोगिता २०१७ को प्रतिस्पर्धामा भोजपुरकी रजनी राई पर्न सफल भएकी छिन् । भोजपुर ठुलोदुम्माकी २० बर्षिया रजनी प्रतियोगिताको अन्तिम १२ जनाको सूचिमा समावेश भएकी हुन् ।

प्रतियोगिताको फाइनल यही वैशाख १८ गते राष्ट्रिय नाचघरमा हुँदैछ । प्रतियोगिताको अन्तिम छनोटमा पुगेकी रजनीलाई जिताउन धेरै भन्दा धेरै एसएमएस भोटिङको खाँचो रहेको उनले बताएकी छिन् ।

धनकुटा बहुमुखी क्याम्पसमा स्नातक गरिरहेकी राईले आफूलाई भोट गरेर जिताउन सबैलाई आग्रह गरेकी छिन् ।

सिटिभी मोबाइको मुख्य प्रायोजन रहेको प्रतियोगिता किरात राई मौलिक संस्कृती केन्द्रले आयोजना गरेको हो । गत बर्ष एलिसा राई मिस राई २०१६ भएकी थिईन ।

कसरी दिने भोट ?

मोबाइलको म्यासेज बक्समा जानुहोस र mr टाइप गरेर स्पेस दिनुहोस् 8 लेखेर  33001 मा सेण्ड गर्नुहोस ।

तपाई हाम्रो एक भोेटले उनले मिस राईको ताज पहिरिन सक्छिन् भने किन ढिला गर्ने ? एसएमएस १८ गते दिउँसोसम्म दिन सकिनेछ ।

भोट नेपालबाट मात्र दिन पाइने छ । एकपटक भन्दा बढी एसएमएस पनि दिन सकिने आयोजकले बताएका छन् ।

जस्तै
mr 8
send 33001

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News