रवि र बालेन काठमाडौँको चुनावी कार्यक्रममा सहभागी हुँदै
ठमाडौँ, फागुन १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह आज काठमाडौँ उपत्यकाका चुनावी कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
उनीहरु आज बिहान ६ बजेदेखि काठमाडौँ, भक्तपुर र ललितपुरका चुनावी कार्यक्रममा सहभागी हुने रास्वपाले जनाएको छ ।
शुपतिनाथ प्रवेशद्वार नजिकैको गौशालाबाट सुरु भएको यो अभियान बेलुकी ६ः३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ ।
सार्वजनिक गरिएको रुट म्याप अनुसार पशुपतिनाथबाट सुरु भएको यात्रा चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायक पुग्नेछ । त्यसपछि जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल हुँदै ललितपुरको पुलचोकमा पुग्ने कार्यक्रम छ ।
दोस्रो चरणमा कालिमाटी, टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोंगबु हुँदै वनस्थली चोकस्थित ‘घण्टी घर’ (रास्वपा केन्द्रीय कार्यालय) मा पुगेर कार्यक्रम समापन हुने रास्वपाले जनाएको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार












