काँग्रेसले आज मधेसका चार जिल्लामा चुनावी सभा गर्दै



काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसले आज (शनिबार) मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ ।

काँग्रेसले सर्लाही, रौतहट, बारा र पर्सामा चुनावी सभा गर्न लागेको हो । यी चारवटै सभालाई सभापति गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ । जसका लागि उनी सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्ज पुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्