विभिन्न देशमा रहेका नेपालीहरूलाई सुरक्षित रहन अध्यक्ष ओलीको आव्हान



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले चिन्तित तुल्याएको जनाउनुभएको छ। 

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले युएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्नुभएको छ । 

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्