परराष्ट्रमन्त्री खनाल र सिपिसी अन्तर्राष्ट्रिय विभाग प्रमुखबीच भेटवार्ता



काठमाडौँ, १ असार । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच बेइजिङमा भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार सोमबार भएको भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समार्फत नेपाल–चीन सम्बन्ध, राजनीतिक सहकार्य तथा दुई देशका जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा विचार आदानप्रदान भएको बताए।

भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सिपिसीबीचको सहकार्य विस्तारका विषयमा पनि छलफल भएको जनाइएको छ।

मन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आइतबारदेखि चीनको औपचारिक भ्रमणमा छन्।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्