दुर्गा प्रसाईं पक्राउ
काठमाडौं, फागुन १७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
आइतबार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाई पक्राउ परेका हुन् । उनलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले जानकारी दिए ।
प्रसाईं यसअघि फागुन ४ गते पनि पक्राउ परेका थिए । सर्वोच्च अदालतको आदेशपछि फागुन १३ गते उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेका थिए ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार











