रास्वपाका प्रदेश संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश



वीरेन्द्रनगर । कर्णाली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा धक्का पुगेको छ । पार्टीका प्रदेश संस्थापक महामन्त्री चन्द्रकला विक, सुर्खेतका कार्यवाहक उपसभापति जगत बस्नेतलगायतले पार्टी परित्याग गरेपनि पार्टीलाई धक्का पुगेको हो ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुर्खेत पुगेर उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । कांग्रेस प्रवेश गर्दै संस्थापक महामन्त्री विकले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न आएको पार्टी उल्टै आन्तरिकरुपमा अपारदर्शी हुन थालेपछि रास्वपा परित्याग गरेको दावी गरिन् ।

पार्टीका तर्फबाट आगामी निर्वाचनमा उम्मेदवार हुन अर्ली इलेक्सनमा उठाइएको ५० हजार र प्रत्यक्ष निर्वाचनमा लिइएको २५ हजारको लेखाजोखा न प्रदेशले दिन नसकेको उनको आरोप छ ।

नेताद्वयलाई कांग्रेसमा स्वागत गर्दै शर्माले लोकतन्त्र सुदृढीकरण र जनताका मुद्दामा एकजुट भएर अघि बढ्न कांग्रेस प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्