बसन्तपुरमा नेपालीसहित विदेश पर्यटकहरुले मनाए होली



काठमाडौं । आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन सुरु गरिएको छ ।

काठमाडौं वसन्तपुरमा भेला भएर नेपालीसहित बिदेसी पर्यटकहरुले पनि हर्षोल्लासपूर्ण रङ्ग दलेर होली पर्व मनाइ रहेका छन् ।

वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा पनि मानिसहरू होली मनाउन उपस्थित भएका छन् ।

फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ।

साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि सुरु गरिएको चीर पूजा गर्ने मानिसहरूको यति बेला भीड छ ।

आज फागु पूर्णिमाको अवसरमा देशका पहाडी भू-भागमा होली खेलेर मनाइँदैछ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्