बाहुबली-२ को पहिलो दिनको कमाइ सार्वजनिक



काठमाडौं, बैशाख १७

एसएस राजमौलीको फिल्म ‘बाहुबली- २’ ले बलिउड बक्स अफिसमा हंगामा मच्चाएको छ। फिल्म व्यापार विशेषज्ञको अनुसार ‘बाहुबली-२’ ले पहिलो दिन नै १२१ करोड भारु कमाएको छ।

फिल्म व्यापार विशेषज्ञ तरण आदर्शको अनुसार फिल्मको हिन्दी संस्करणले पहिलो दिन ४१ करोड र तेलुगु, तमिल र मलयालम संस्करणले कुल ८० करोड भारु कमाएको हो।

‘बाहुबली-२’ को हिन्दी संस्करण एक्लैले बलिउड फिल्महरुलाई टक्कर दिने अनुमान गरिएको छ। अहिलेसम्म सबैभन्दा बढी कमाउने आमिरको ‘दंगल’को रेकर्ड बाहुबली-२ ले सजिलै तोड्न सक्छ।

राजमौलीको ‘बाहुबली-२’, ‘बाहुबली-२ बिगिनिङ’ को सिक्वेल हो जुन सन् २०१५ मा रिलिज भएको थियो। फिल्ममा प्रभाष, अनुष्का शेट्टी र तमन्ना लगायतको मुख्य भूमिका छ।

दर्शकको प्रतिक्रिया देख्दा फिल्म भारतको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बन्ने भारतीय मिडियाहरुले लेखेका छन्। अहिले यो रेकर्ड ‘दंगल’को नाममा छ जसले भारतमा करिब ३८५ करोड भारु कमाएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News