डलरको भाउ बढ्यो, अन्य मुद्राको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ४९ पैसा र बिक्रीदर १४७ रुपियाँ ०९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ ६१ पैसा र बिक्रीदर १७० रुपियाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ४२ पैसा र बिक्रीदर १९६ रुपियाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ४७ पैसा र बिक्रीदर १८८ रुपियाँ २४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ७३ पैसा र बिक्रीदर १०३ रुपियाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ २४ पैसा र बिक्रीदर १०७ रुपियाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ४४ पैसा र बिक्रीदर ११४ रुपियाँ ९१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २८ पैसा र बिक्रीदर नौ रुपियाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ २२ पैसा र बिक्रीदर २१ रुपियाँ ३० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ०३ पैसा र बिक्रीदर ३९ रुपियाँ १९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ १६ पैसा र बिक्रीदर ४० रुपियाँ ३३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ८८ पैसा र बिक्रीदर ४० रुपियाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ८७ पैसा र बिक्रीदर ०९ रुपियाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८५ पैसा र बिक्रीदर १५ रुपियाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ७० पैसा र बिक्रीदर २२ रुपियाँ ८० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ७३ पैसा र बिक्रीदर १८ रुपियाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपियाँ ४१ पैसा र बिक्रीदर ४८० रुपियाँ ३७ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८९ रुपियाँ ६४ पैसा रहेको छ ।
ओमनी रियाल एकको खरिददर ३८० रुपियाँ ४९ पैसा र बिक्रीदर ३८२ रुपियाँ ०५ पैसा रहेको छ । यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार
















