महालक्ष्मी विकास बैंकद्वारा दिगो बैकिङ्ग प्रवर्र्धनको लागि फेवाताल किनारमा पदयात्रा
काठमाडौँ २७ फागुन । महालक्ष्मी विकास बैंकले दुईदिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृती र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रवर्धनप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामुहिक पदयात्रा सम्पन्न गरेको छ ।
ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराँउदै आएको बैंकले फागुन २४ र २५ गते सो कार्यक्रम गरेको हो ।
बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उत्साहजनक सहभागिताका साथ सम्पन्न यस दुई दिने कार्यक्रमले बैंकको आर्थिक वर्ष २०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्था र हालै सम्पन्न सफल निर्वाचन पछिको सकरात्मक परिस्थिति तथा अन्तराष्ट्रिय परिस्थितिबाट सिर्जना हुन सक्ने आर्थिक चुनौतीहरूको समेतको विश्लेषण गरेको छ ।
बैकिङ्ग क्षेत्रले दिगो वित्तीय अभ्यासहरु अपनाउनुपर्छ भन्ने सन्देश आम जनमानसमा प्रवाह गर्न ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपुर्ण रहेको फेवाताल किनारमा सामुहिक रुपमा पदयात्रा गर्दैै कार्यक्रम सम्पन्न भएको हो । साथै उक्त कार्यक्रममा हरित बैकिङ्ग र दिगो वित्तीय रणनितिको आवश्यकता माथि विशेष जोड दिइएको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखी अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १ सय ३ शाखा कार्यालय र ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् ।
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार
















