आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । जसले गर्दा आज देशका केही स्थानमा बदली र वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि केही स्थानमा वर्षाको सम्भावना छ । कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षा हुने सम्भावना छ ।
यसैगरी मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हिजो काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हावाहुरीसहित पानी परेको थियो ।
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार
















