आजदेखि आधा सिलिन्डर मात्र ग्यास पाइने
काठमाडौं, फागुन २९ । आजदेखि बजारमा आधा सिलिन्डरमात्र ग्यास पाइने भएको छ ।
नेपाल आयल निगमले आजदेखि ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थमा विश्वव्यापी आपूर्ति अवरोध देखाउँदै पछिल्लो समय ग्यास अभाव हुन थालेको थियो ।
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार
















