हेलिकोप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको मृत्यु
सुर्खेत, फागुन २९ । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । उनको प्रदेश अस्पताल सुर्खेतमा बिहीबार राति मृत्यु भएको हो ।
जुम्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपाली सुत्केरीपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि प्रदेश अस्पतालमा ल्याइएको थियो ।
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार
















