आज काठमाडौँका यी स्थानमा विद्युत् कटौती हुने
काठमाडौँ, फागुन ३० । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।
प्राधिकरणको बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ ।
जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ जडानका कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म पेप्सीकोला, टाउन प्लानिङ क्षेत्रमा बिजुली कटौती हुनेछ ।
यस्तै, मध्य बानेश्वर, पूरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ बनेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार
















