एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सांसद छान्ने



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बस्न लागेको पार्टी सचिवालयले जनाएको छ । बैठकमा समानुपातिक सूचीबाट सांसद छान्ने विषयमा छलफल हुनेछ ।

निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको सूचीबाट सांसद चयनको सिफारिसका लागि आइतबारसम्मको समय दिएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्