नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीले आज कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच उक्त पात्रो सार्वजनिक गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख–बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव बिनोद कुमार भुजेलले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् । बिदाको सूची, पर्व, दिवस, पञ्चाङ्ग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले मार्गनिर्देशन प्रदान गर्नुहुने सम्पूर्ण सञ्चालक पदाधिकारीहरू, आरोहअवरोहमा सदैव साथ दिने कर्मचारीहरू, सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरू, माया, स्नेह प्रदान गर्नुहुने शेयरधनी महानुभावहरू, नेपाल बीमा प्राधिकरण,अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालालाई नयाँ वर्ष २०८३ को अग्रिम शुभकामनासमेत व्यक्त गरे ।
उनले आगामी दिनहरूमा कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समयसुहाँउदो योजना ल्याउने बताए ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार
















