बञ्चरोले कपाल काट्ने अनौठो सैलुन (भिडियो सहित)


 


बञ्चरोले कपाल काट्ने अनौठो कृयाकलापको समाचार बाहिर आएको छ । वास्तवमा रुसी हेयर ड्रेसर डानिल इस्टोमिनले कैँचीले होइन बञ्चरोले कपाल काटिदिन्छन् ।

उनको सैलुनमा बञ्चरोले कपाल कटाउने ग्राहकहरुको भीड हुन्छ । आफुलाई बञ्चरोले कपाल काट्न निकै सजिलो हुने डेनियल बताउँछन् । उनीकहाँ आउने ग्राहक पनि नडराईकन बञ्चरोमा टाउको थाप्छन् ।

डेनियलले बञ्चरोले कपाल काटिदिएको डरलाग्दो लाग्ने भिडियो यु ट्युबमा पोष्ट गरेका छन् । जहाँ उनले ग्राहकको टाउकोमा बन्चरो चलाइरहेका छन् । बन्चरो कहिले निधार माथि पुराउँछन् त कहिले गर्धनमा ।

यो भिडियो यु ट्युबमा निकै लोकपि्रय बनेको छ । कतिपयले डेनियलको यो कामको प्रसंसा गरेका छन् भने कतिपयले चाहीँ कपाल कटाउने मामुली कामका लागि समेत टाउकोमा बन्चरो थाप्ने खतरा मोलेको भन्दै आलोचना गरेका छन् । एजेन्सी

भिडियो

प्रकाशित मिति: २१ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्