सुदूरपश्चिम प्रदेशको वन मन्त्रीमा शिवराज भट्ट नियुक्त, शपथ आजै
धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन्।
सोमबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
सोहिअनुसार मुख्यमन्त्री शाहले भट्टलाई वन मन्त्रीमा नियुक्त गरेका हुन् ।
पूर्व आन्तरिक तथा मामिला मन्त्रीसमेत रहेका भट्टलाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ ।
जसका लागि साँझ ५ बजेको समय तय गरिएको छ । भट्ट बैतडीको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद हुन् ।
आर्थिक विवादका कारण नाउपाका तत्कालीन वनमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि गत असारदेखि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी स्वयम् मुख्यमन्त्री शाहले सम्हालिरहेका थिए ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार
















