अमेरिका र इरान युद्ध अन्त्य गर्न ओमानको अपिल, वार्तामा बस्न सुझाव
काठमाडौँ, ३० चैत।ओमानले अमेरिका र इरानलाई युद्धविरामको अवधि बढाउन र वार्तालाई निरन्तरता दिन अपिल गरेको छ।
इरान र अमेरिकाबिच पाकिस्तानमा भएको वार्ता विफल भएपछि ओमानका विदेशमन्त्री बदर अल(बुसैदीले वार्तालाई निरन्तरता दिन आह्वान गरेका हुन्।
बदर अल(बुसैदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सफलताका लागि सबै पक्षले कठिन सम्झौता गर्नुपर्ने हुन सक्छ, तर यो हार र युद्धको पीडाको तुलनामा केही पनि होइन।’
युद्ध सुरु हुनुअघि इरान र अमेरिकाबिच भएका धेरै चरणका अप्रत्यक्ष वार्ता ओमानले नै आयोजना र मध्यस्थता गरेको थियो।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार
















