मातपोत कार्यालयबाट १८ बिचौलिया पक्राउ
काठमाडौं । मातपोत कार्यालयबाट १८ जना बिचौलिया पक्राउ परेका छन् ।
सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई मालपोत कार्यालय कलंकी, चाबहिल तथा कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि बिचौलिया बनेर हैरानी दिएको आरोपमा काठमाडौंका सानोभर्याङ र गुर्जुधारास्थित यातायात कार्यालय क्षेत्रबाट १६ जना पक्राउ परेका थिए ।
त्यसअघि पनि प्रहरीले यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सेवाग्राहीलाई हैरानी दिँदै ‘फास्ट ट्रयाक’मा काम गरिदिने भन्दै रकम असुली गर्ने १५ जनाको गिरोहलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार
















