कर्णाली नदीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता



अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनकी १३ वर्षीय छोरा नरि बुढा रहेका छन् ।

बैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा एक्कासि डुंगा पल्टिँदा डुंगा चालक बुबा र सवार छोरा बेपत्ता भएका हुन् ।

बेपत्ताको खोजी कार्यको लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरी चौकी भैरवस्थान, ढुंगाचाल्ना, ढकारीबाट टोली खटिएको र सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्