गृहमन्त्रीको राजीनामा माग्ने चार जना सिंहदरबारबाट पक्राउ



काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने चार जना पक्राउ परेका छन् ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

सेयर कारोबारमा विवादित व्यापारीसँगको पार्टनरसिप देखिएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्