गृहमन्त्री गुरुङदारा पदबाट राजीनामा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् ।
बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् गृहमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
गुरुङले पछिल्ला दिनमा आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको भन्दै नैतिकता, स्वार्थ द्वन्द्व र निष्पक्ष छानबिनको आधारमा पद छोडेको उल्लेख गरेका छन्।
‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेष्ट नदेखियोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,’ गुरुङले फेसबुकमा लेखेका छन् ।
२०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले आफ्नो निर्णयलाई नैतिक जिम्मेवारीको रूपमा व्याख्या गर्दै पदमा रहँदा छानबिन प्रक्रियामा कुनै असर नपरोस् भन्ने उद्देश्य रहेको स्पष्ट पारेका छन्।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार
















