गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शाहलाई
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तत्काललाई गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने भएका छन् ।
आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको हुन् ।
गुरुङ विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि उनी पनि विवादमा तानिएका थिए ।
त्यसपछि आज गुरुङले पछिल्ला दिनमा आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको भन्दै नैतिकता, स्वार्थ द्वन्द्व र निष्पक्ष छानबिनको आधारमा पद छोडेको हुन्।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार







