वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान



काठमाडौँ, ९ वैशाख राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ  वैशाख  ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्