धितोपत्र कसुरमा व्यावसायी शेखर गोल्छा पक्राउ



काठमाडौं १० वैशाख। धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई नेपाल प्रहरीकाे राष्ट्रिय अनुसन्धान व्यूरोले काठमाडौंको नक्साल क्षेत्रबाट पक्राउ गरेकाे छ।

काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ८ बस्ने ५९ वर्षीय गोल्छाविरुद्ध नेपाल धितोपत्र बोर्डले प्रारम्भिक जाँचबुझ प्रतिवेदन तयार पारी अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित ब्यूरोमा पठाएको थियो।

सोही प्रतिवेदनको आधारमा धितोपत्र ऐनको दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूर मानी काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिइएको ब्यूरोले जनाएकाे छ ।

उनीमाथि अन्य व्यक्तिसँग मिलेमतोमा धितोपत्र ऐन उल्लंघन गरेको आरोप छ। हाल थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएकाे छ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्